इटहरी । शिक्षकहरुलार्ई लागि लक्षित गरी स्वयं विकास तथा व्यवस्थापन विषयक दुई दिने तालिम सुनसरीको इटहरीमा रहेको जनता माध्यमिक विद्यालयमा सुरु गरिएको छ ।

   विद्यार्थीलाई अझ दक्ष र विद्यालयलाई अझ उत्कृष्ट वनाउने उदेश्यले विद्यालयका ४० जना शिक्षकहरुको सहभागितामा तालिम सुरुवात गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख फाल्गुणी काफ्लेको प्रमुख आतिथ्यमा तालिम सुरु गरिएको छ ।WhatsApp Image 2023-11-01 at 15.58.07

आज र भोली सम्म सञ्चालन हुने तालिममा विद्यालयलाई कसरी अझ उत्कृष्ट वनाउने विद्यार्थीहरुलाई थप सहज तरिकाले कसरी पठनपाठन गर्ने लगायतका विषयमा पौरसी इष्टीच्युटका निर्देशक प्रकास कुमार पोखरेल र तालिम अधिकृत सिर्जना कोइरालाले सहजिकरण गरिरहेका छन । तालिमका विषयमा विद्यालयका प्रध्यानाध्यापक पशुपति सिग्देलले प्रकास पारेका थिए ।