इटहरी । इटहरीकी युवा समाजसेवी पृथिब्या थापा रिजाल मिसेस नेपाल वल्ड २०२३ मा २३ जना सहभागी सहित फाइनल राउण्डमा प्रवेश गरेकी छन ।

    महिला सशक्तिकरणका क्षेत्रमा साथै सामाजिक कार्यमा सक्रिय थापाले आफुलाई मिसेस नेपाल वल्ड २०२३ वनाउन भोटिगं गर्न सबैलाई आग्रह गरेकी हुन ।

   विगत देखि नै आफु समाजसेवा क्षेत्रमा रहेको प्रतियोगितामा विजयी भएर अझ धेरै महिला सशक्तिकरण र समाजसेवाका क्षेत्रमा योगदान गर्न आफुलाई प्रेरणा मिल्ने भन्दै पृथिब्या थापा रिजालले सबैलाई भोटिगं गरि सहयोग गर्न आग्रह गरेकी छन ।WhatsApp Image 2023-10-06 at 08.55.19

इटहरी क्षेत्रमा समाजसेवी , व्यवसायी तथा राजनितिकर्मी विष्णु रिजालकी वुहारी समेत रहेको पृथिब्या मिसेस नेपाल वल्डको विभिन्न राउण्डमा छनोट हुँदै फाइनल राउण्डमा पुगेकी छन । प्रतियोगीहरुलाई फाइनल राउण्डको अन्तिम दिन सम्म पनि भोटीगं गर्न सकिने व्यवस्था रहेको जनाइएको छ ।  पृथिब्याको कन्टेस्टेन्ट नम्बर ३ रहेको छ ।WhatsApp Image 2023-11-01 at 08.40.49 (1)  यही कार्तिक २२ गते काठमाडौंमा हुने फाइनल राउण्डको प्रतिस्पर्धाबाट सन् २०२३को लागि मिसेस नेपाल वल्ड छनोट हुने छ । मिसेस नेपाल वल्डको ताज पहिरन सफल हुनेले मिसेस वल्डका लागी अमेरिकामा हुने प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन ।