इटहरी ।  चाडपर्वको समयमा आश्रममा बस्दै आएका बालबालिकाहरुलाई  दशैंको टीका सहित खाना र  पिङ्ग खेलाउने काम नेपाली सेनाको पुर्वी पृतनाले गरेको छ। 

  ईटहरी उपमहानगरपालिका  वडा नम्बर ४ मा रहेको निःसहाय बालबालिका सेवा आश्रममा बस्दै आएका  बालबालिकाहरुलाई  दशैंको टीका खाना र पिङ्ग खेलाउने काम  नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरमा गरिएको हो  ।IMG-20231025-WA0007      सो अवसरमा पृतनापति डा.आश बहादुर तामाङ्ले  आश्रमकि संचालिका गिता गौतम लगायत करिब ३५ जना बालबालिकाहरुलाई बिजया दशमीको शुभकामना दिनुका साथै टिका प्रसाद लगाउने कार्य गरेका थिए।IMG_20231025_164606 टिका प्रसाद पश्चात नेपाली सेनाको कृष्णदल गणले पृतनापतिको  उपस्थितिमा निःसहाय आश्रमका बालबालिकाहरुलाई दशैंको उपलक्ष्यमा खाना खुवाउने तथा पिङ् खेलाउने कार्य पृतनामा गरिएको कृष्णदलका गणपति प्रमुख सेनानी अमित लामाले जानकारी दिए  । नेपाली सेनाले सैनिक नागरिक सम्बन्ध अन्तरगत विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।