धनकुटा  । नेपाली सेनाको भिमदल गण र निशान भगवती मन्दिर व्यावस्थापन समितिको आयोजनामा धनकुटामा फुलपाति भित्राईयो । 

धनकुटा स्थित निसान भगवतीमा हर्ष बडाईका साथ निसान भगवती मन्दिर बाट फुलपाति निकाली बाजागाजाका साथमा बजार परिक्रमा पश्चात टुडिखेलमा एक समारोहका विच विधिपुर्वक पुजा आजा गरि मन्दिरमा लगेर फुलपाति भित्राईएको हो ।

नेपाली सेनाले फुलपातीको अघिल्लो दिन नै फुलपातिकालागि आवश्यक सामाग्रि स्थानीय ईन्द्रबहादुर श्रेष्ठको घरमा लगि राखिएको फुलपाति जङ्गी निसान समेत गई फुलपातिका दिन लिएर आई टुडिखेलमा नेपाली सेनाको जङ्गी निशानको पुजा आरधना गरी हर्कबढाइका साथ पुन मन्दिरमा ल्याई फुलपाती भित्राउने गरिएको भिमदल गण सल्लेरी ब्यारेक धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापाले जानकारी दिुभयो । WhatsApp Image 2023-10-21 at 19.10.38 (1)

दशै लागे सँगै नौ दिनदेखि एक छाक मात्र खाना खाएर भगवतीको आरधना गर्ने गरिन्छ । स्थानीय भक्तहरूले निसान भगवतीको पुजा आराधाना गर्दा मागेको कुरा पाईने विस्वास रहेको छ । निसान भगवतीमा श्रीजंग निसान, ईन्द्रध्वज निसान र जङ्गि निसान विध्यमान रहेका छन् ।

गणका गणपती थापाको अगुवाईमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको सम्मानगारक टोलीबाट धनकुटाको टुडिखेलमा सलामि सहित कुभिण्डो र बोकाको वलि दिएर हर्ष बडाईका साथ विधि पुर्वक उक्त निसान पुजा गरि मन्दिरमा लगि फुलपाती भित्राईएको छ ।WhatsApp Image 2023-10-21 at 19.10.38 (2)

सोहि अवसरमा मन्दिर व्यावस्थापन समिति र भिमदल गणको पहलमा निशान भगवती मन्दिर परिसरमा ऐतिहासिक निशानलाई प्रत्येक बर्ष झै यस बर्ष पनि मन्दिर बाहिर निकालि बजार परिक्रमा गराईएको हो । दुईसय पचाँस बर्ष पुरानो भगवतीको मन्दिरमा परेवा उडाउने, नवमिमा राँगा, कुखुरा, हाँसलगायतको वली दिने चलन रहेको छ । विभिन्न रोगब्याध निको होस भनि भाकल समेत गर्ने गरेको स्थानीयहरू बताउहुन्छ । WhatsApp Image 2023-10-21 at 18.36.23

उक्त समारोहमा भिमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल, नम्वर ६ गुल्मका गुल्मपति सुदन प्रसाद भारती, राष्ट्रिय अनुसन्धान अधिकृत सविना राइ, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख कृष्ण प्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो ।