इटहरी । खेलकुद प्रतियोगिताका साथै विभिन्न सामाजिक कार्यमा समेत सक्रिय सहभागिता जनाउदै आएको सेभेन स्टार क्लव लबिपुरले चाडपर्वको अवसर पारेर खुल्ला दौउड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    महिला र पुरुषको छुट्छुटै सहभागिता रहने गरी खुल्ला दौउड प्रतियोगिता आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

पत्रकार  सम्मेलनमा विक्रम संवत २०६०साल देखि सेभेन स्टार क्लवका रुपमा खेलकुद लगायतका गतिविधिहरु गर्दै आएर २०७०सालमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता भई सामाजिक कार्य साथै खेलकुद लगायतका गतिविधिहरु गर्दै आएको जानकारी गराइयो । क्लवले सामुहिक दुर्गा पुजा, तिज विशेष , जितिया विशेष , सरसफाई ,वातावरण संरक्षण लगायतका क्षेत्रमा काम गर्दै आएको क्लवका अध्यक्ष नवराज पौडेलले जानकारी गराए । क्लवले राष्ट्रिय स्तरका खेलाडिहरु समेतको सहभागिता रहेको इटहरी टि २० क्रिकेट प्रतियोगिताको आयोजना गरेको समेत सो अवसरमा जनाइयो ।

  चाडपर्वको अवसर पारेर आयोजना भोली आयोजना गरिने खुल्ला दौउड प्रतियोगितामा प्रथम ,द्धितिय ,तृतिय र शान्त्वना हुनेलाई क्रमशः महिला पुरुष दुवै तर्फ ६हजार , ४हजार , २हजार र १हजार नगद सहित मेडल प्रमाण पत्र प्रदान गरिने पत्रकारहरुलाई जानकारी गराइयो । कार्यक्रममा क्लवका पुर्व अध्यक्ष राजु अधिकारी , उपाध्यक्ष चेतबहादुर थापा , सचिव राजु श्रेष्ठ लगायतले प्रतियोगिताका विषयमा जानकारी गराएका थिए ।