इटहरी । हिन्दुहरुको महान चाड दशैैको अवसर पारेर निषाद संगीत विद्यालय र हंशबाहिनी फिल्मस् प्रालिले संयुक्त रुपमा शुभकामना आदान प्रदान सहित सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन ।

    गीत संगीत क्षेत्रमा योगदान पुरयाउदै आएका दुई जना बाल प्रतिभाहरुलाई पुरस्कृत गर्ने देखि लिएर  सम्मान , सांगितिक प्रस्तुति समेतको कार्यक्रम आयोजना गरिएको हो ।

  गीत संगीत र कलाक्षेत्रमा योगदान पुरयाउदै आएका निषाद संगीत विद्यालय र हंशबाहिनी फिल्मस् इटहरीले आयोजना गरेको बाल गायन प्रतिभा पुरस्कार तथा दशैं विशेष सांगितिक कार्यक्रम संगीतकला अध्ययनका क्रममा देखाएको रुचि र अनुशासनको मुल्याँकन गर्दै वाल गायक मन्दीप श्रेष्ठ र सोनु गुरुगंलाई जनही  नगद पाँच हजार सहित  देवी हिरा पाण्डे बाल गायन प्रतिभाबाट प्रशसा गरियो ।WhatsApp Image 2023-10-15 at 18.02.46

निषाद संगीत विद्यालयकी सुनिता कटुवालको अध्यक्षता तथा चर्चित गायक रामा मण्डलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजसेवी हेम थापा र माया थापालाई सम्मान गरिएको थियो । त्यसै गरी कार्यक्रममा द भ्वाइस अफ किड्समा प्रतिभा प्रस्तुत गरेकी बाल गायिका सविज्ञा दाहाललाई समेत प्रशासा पत्र प्रदान गरियो ।

कृष्णप्रसाद नेपालको संयोजकत्वमा भएको सांगितीक कार्यक्रममा नितिन गजुरेल , रेमन मगर लगायतका कलाकारहरुले प्रस्तुति गरेका थिए भने कार्यक्रममा पुरस्कार दाता युवराज पाण्डे लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।