इटहरी । विजया दशमी ,शुभ दिपावली तथा छैठ पर्वको अवसर पारेर नेपाल दशनामी समाज इटहरीले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

    नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तेजवहादुर पुरीको प्रमुख आतिथ्य तथा समाजका इटहरी अध्यक्ष डिल्लीराम गिरीको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो ।

   सोही अवसर पारेर दशनामी समाज कल्याण कोषको तेस्रो वार्षिक साधारण सभा समेत आयोजना गरियो ।WhatsApp Image 2023-10-15 at 18.02.48

सो अवसरमा दशनामी समाज कल्याण कोषका अध्यक्ष नविन गिरीले कोषको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । चाडपर्व केन्द्रित शुभकामना आदान प्रदान कार्यक्रममा हर्साेउल्साका साथ चाडपर्व मनाउन साथै आफनो शारिरीक तथा आर्थिक अवस्था हेरेर मनाउनु पर्नेमा बक्ताहरुले जोड दिएका थिए ।