इटहरी । आज आश्विन शुक्ल प्रतिपदा वडा दशैंको पहिलो दिन अर्थात घटस्थापना सनातन हिन्दु धर्मालवम्बीहरुले आआफनो घर साथै मन्दिर , सामुहिक दुर्गा पुजा स्थलमा जमरा राखेका छन ।
दशैंको पहिलो दिन घटस्थापनाका दिन पुर्वी नेपालमा पनि दशैं मनाउनेहरुले आआफनो घरघरमा साथै मन्दिर र सामुहिक दुर्गा पुजा स्थलमा विधिपुर्वक जमरा राखेका हुन ।
वडा दशैं अन्तरगतको पहिलो दिन देवी दुर्गाको आरधना गरी विभिन्न अन्न जमराको लागि विधिपुर्वक राख्ने गरिन्छ । सत्य माथि असत्यको विजय भएको मान्यताका आधारमा हर्साेउल्लासका साथ दशै मनाईने परम्परा रहेको छ । विजया दशमी अन्तरग राखिने जमरा टिकाका अवसरमा आफु भन्दा सानालाई सिर र कानमा सिउरीदिने गरिन्छ । सुनसरीको इटहरीमा रहेको राधाकृष्ण शिव मन्दिरमा विधिपुर्वक जमरा राख्ने गरिन्छ । यहाँ स्थानीयहरुले समेत ल्याएर जमरा राख्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विश्वप्रसाद रिजाल वताउछन । उनले नवराती भरी मन्दिरमा देवीको आरधना र टिकाका दिन जमरामा वितरण गरिने जानकारी दिए ।
विधिपुर्वक मन्दिरमा जमरा राखिने भएका कारण आफुहरु पनि यस क्षेत्रका मानिसहरुले राधाकृष्ण शिव मन्दिरमा ल्याएर जमरा राख्ने गरेका छन ।
इटहरीमै वि.सं.२०४९ साल देखि सार्वजनिक रुपमा दुर्गा पुजा स्थल वनाएर पुजा गरिने स्थानमा पनि जमरा राखिएको छ । सार्वजनिक पुजा स्थलमा देवी दुर्गाको प्रतिमा राखी सामुहिक रुपमा जमरा राखिएको छ । इटहरीकै समाज कल्याण सत्सगमा पनि विधिपुर्वक जमरा राखिएको छ । जौं लगायतका अन्नहरु जमराका लागि राख्ने धार्मिक मान्यता रहे अनुसार आजको दिन जमरा राख्ने गरिन्छ ।




















