इटहरी । इटहरी मेट्रिक्सको १४औं पदस्थापना कार्यक्रममा धरणीधर स्मृति सांस्कृतिक केन्द्रको सभामा सम्पन्न भएको छ ।

  आगामी चार वर्षका लागि कलाकार विक्रम श्रीको अध्यक्षता रहने गरी चयन भएको कार्य समतिको एक कार्यक्रमका विच पदस्थापना गरिएको हो ।

 मौलिकता र कला संस्कृतिका कुराहरु उठान गर्दै आएको र लतितकलाका क्षेत्रमा विशेष योगदान गर्दै आएको इटहरी मेट्रिक्सले आगामी दिनमा ललितकलाका साथै अन्य क्षेत्रहरुमा समेत काम गर्ने अध्यक्ष विक्रम श्रीले जानकारी दिए । अध्यक्ष विक्रम श्रीले कृति ,प्रकृति र संस्कृतिको संगम स्थल भनिएको इटहरी मेट्रिक्सलाई सो अनुसार अघि वढाउन काम अहिलेको कार्य समिति लागि परिरहने समेत वताए ।

कलाकार विक्रम श्रीको अध्यक्षता रहने गरी चयन भएको नयाँ कार्य समितिको उपाध्यक्षमा उर्मिला कोइराला , सचिव ज्ञानेन्द्रकुमार दाहाल , कोषाध्यक्ष कविता लम्साल सहसचिव गोपाल देवान रहेका छन भने सदस्यहरुमा शोभितमान बस्नेत , आइपी भट्टराई , ध्रुवकला राई र प्रेम तुम्वापो चयन भएका छन ।

हाल सम्पन्न अधिवेशनले चयन गरेको कार्य समितिलाई निर्वाचन समितिका संयोजक जगदिश प्रसाद सापकोटाले पदस्थापना गराएका थिए । निर्वाचन समितिमा चक्रवहादुर थापा र मेधराज तिम्सिना सदस्य रहेका थिए । पदस्थापना कार्यक्रममा अग्रज पत्रकार तथा साहित्यकार कृष्ण विनोद लम्साल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।