इटहरी । चाडपर्वको अवसर पारेर हरेक वर्ष शुभकामना आदान प्रदान साथै चियापान कार्यक्रम गर्दै आएको नेपाली काँग्रेस इटहरी उपमहानगर समितिले यस पटक पनि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

      नेपाली काँग्रेस इटहरी उपमहानगर समितिका वार्यवाहक सभापति बालकृष्ण विष्टको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाको प्रमुख आतिथ्यमा शुभ कामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।WhatsApp Image 2023-10-14 at 18.05.25 (1)

उद्योग वाणिज्य संघको सभा हलमा भएको चियापान कार्यक्रमका बक्ताहरुले पार्टीका विभिन्न पक्षका विषयमा चर्चा गरेका थिए । WhatsApp Image 2023-10-14 at 18.05.26

कार्यक्रममा नेपाली काँग्रेस इटहरीका सभापति तथा इटहरी उपमहानगर पालिकाका प्रमुख हेमकर्ण पौडेल , टे«ड युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष ज्योति कोइराला , काँग्रेस नेता विकास केसी , कोशी प्रदेश सदस्यहरु भिम पौडेल ,सुर्य राई , क्षेत्र नम्वर २ का महाधिवेशन प्रतिनिधि रमेश पोखरेल ,कार्यक्रममा  इटहरीका काग्रेस वडा सभापतिहरु लगायतको सहभागिता रहेको थियो ।