मोरगं । मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ मा रहेको दुलारी बचत तथा ऋण सहकारी संस्था लिमिटे«डले आफनो १५औं बार्षिक साधारण सभाको अवसर पारेर संस्थामा आवद्र्ध विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

    दुलारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेमन्त कार्कीको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख अकली देवी चौधरीको प्रमुख आतिथ्यमा भएको साधारण सभामा दुई जना जेष्ठ सदस्य सहित विभिन्न विद्यामा सम्मान गरेको हो ।

  सहकारीले आफना जेष्ठ सदस्यद्धय ८१ वर्षिक मायानाथ दाहाल र ७९ वर्षिया गंगादेवी ढकाल सहित असल कारोवार गर्ने २६ जना ऋणीलाई सम्मान गरियो ।WhatsApp Image 2023-10-14 at 17.44.27 वृक्षारोपण , रक्तादान , स्वास्थ्य शिविर लगायतका सामाजिक कार्यहरु समयसमयमा गर्दै आएको दुलारी बचत तथा ऋण सहकारीले सुत्केरी स्याहार खर्च आफना १३ जना सेयर सदस्यहरुलाई उपलव्ध गराएको समेत सो अवसरमा जानकारी गराइयो ।WhatsApp Image 2023-10-14 at 17.54.33

 कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कार्कीले दुलारी बचत तथा ऋण सहकारी संस्था ३८ जनाको सामुहिक पहलबाट २०५४सालमा स्थापित भएर हाल आइपुग्दा १हजार ८सयको हाराहारीमा सदस्य पुगेको र २६करोड लगानी योग्य पुँजी वनाएको जानकारी गराए । उनले संस्थालाई दिगो ,भरपर्दाे ,विश्वासिलो ,फलदायी वनाउन सदस्य , सञ्चालक समितिको महत्वपुर्ण भुमिका हुने समेत वताए।

   कार्यक्रममा उल्लेखनिय संख्यामा संस्था सदस्यहरुको सहभागिता रहेको थियो ।