इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ४ कुवेर चोकमा चाडपर्व केन्द्रित शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना  गरिएको छ ।

  पुर्वेली क्लव इटहरी तथा सुनाखरी टोल विकास संस्थाले संयुक्त रुपमा  दशैं,तिहार तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो ।

 पुर्वेली क्लव तथा सुनाखरी टोल विकासका अध्यक्ष झलक बनको अध्यक्षता तथा समाजसेवी रमेश विष्टको प्रमुख आतिथ्यमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा चाडपर्वहरु सुखद रुपमा मनाउनु पर्नेमा जोड दिइयो ।WhatsApp Image 2023-10-14 at 17.50.00 कार्यक्रमका वक्ताहरुले चाडपर्व आफनो धर्म संस्कृति मान्नका लागि मनाउने भएकाले फजुल खर्च नगर्न समेत आग्रह गरिएको थियो ।कार्यक्रममा जनता कलेज इटहरीका अध्यापक केवल फुयाल , समाजसेवी रमेश खत्री लगायतले वोलेका थिए ।