इनरुवा । वातावरणीय दृष्टिकोणले हानीकार मानिने प्लाष्ट्रिकजन्य फोहोर व्यवस्थापनका लागि इनरुवा नगरापालिका वडा नम्बर ५ले अभियान सुरु गरेको छ ।
वडाक्षेत्रका टोल तथा सडक क्षेत्रमा फ्यालिने प्लाष्ट्रिकजन्य फोहोरले व्यवस्थापन कार्यमा सहयोग गर्न वडावासीलाई आग्रह सहित वडाले सरसफाई अभियान समेत सुरु गरेको हो ।
वडाको सहकार्य र हाम्रो बलाहा युवा क्लव इनरुवा ५ बहालाले आयोजना गरेको सरसफाई कार्यक्रममा सहभागी वडाध्यक्ष अनिल पोखरेलले प्लाष्ट्रिकजन्य खोलहरु जथाभावी रुपमा फ्याक्ने कार्यले वातावरणमा असर गर्ने र जलाउँदा धुवाँले मानव स्वास्थ्यलाई नै असर गर्ने भएका कारण प्लाष्ट्रिकजन्य फोहोरलाई उचित रुपमा व्यवस्थापन गर्ने अभियान सुरु गरिएको जानकारी दिए ।
प्लाष्ट्रिकले माटोको उर्भरा शक्तिलाई नास गर्ने देखि खेतवारीमा जथाभावी फ्याक्दा खनजोतमा समेत समस्या पार्ने गर्दछन । नाला जाम गर्ने देखि लिएर माटोमा गाड्दा सहज रुपमा नगल्ने भएका कारण समेत प्लाष्ट्रिकजन्य फोहोर व्यवस्थामा चुनौति बन्ने गरेको छ ।
इनरुवा नगरपालिकाले समेत फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर टोल विकास संस्थाहरुलाई सक्रिय वनाएर कुहिने तथा नकुहिने फोहोरलाई छुट्याएर व्यवस्थापन कार्यमा सहयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । नगरप्रमुख केदार भण्डारीले नगर सफा सुन्दर वनाउने दायित्व हाम्रो हो हामी मिलेर सफा सुन्दर नगर वनाउनु पछ भन्दै नगरवासीहरुलाई गुट्का , चाउचाउ लगायतका प्लाष्ट्रिकजन्य फोहोरहरु जथाभावी नफ्याक्न समेत आग्रह गरे ।
प्लाष्ट्रिकका कारण वातावरणमा पुर्याउने असर तथा सहज रुपमा व्यवस्थापन गर्न नसकिने तर्फ मध्यनगर गर्दैै कतिपय विकसित मुलुकहरुले प्लाष्ट्रिकको उत्पादन तथा विक्री वितरणमा समेत रोक लगाइ सकेका छन भने नेपालमा कुनैकुनै ठाउँमा मापदण्ड तोकेर प्रयोग तथा विक्रीमा रोक लगाइएको छ ।




















