इटहरी । रोटरी क्लव अफ इटहरीले आयोजना गरेको रोटरी निबन्ध लेखन प्रतियोगिताका विजयी विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको छ ।   

   इटहरीमा रहेको गोरखा होटलमा आयोजित पुरस्कार वितरण कार्यक्रममा  केही दिन अघि भएको रोटरी निवन्ध लेखन प्रतियोगिताका विजयी विद्यार्थीलाई नगद सहित प्रमाण पत्र वितरण गरिएको हो ।

  सुनसरी र मोरगंका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययन गरिरहेको ६० जना विद्यार्थीको सहभागिता रहेको निवन्ध लेखन प्रतियोगितामा इटहरीको विश्व आर्दश कलेजकी मिनाक्षी राना मगर प्रथम इटहरीकै कोशी समसेम्स कलेजकी सरस्वती ढकाल दोस्रो , धरानको पब्लीक माध्यमिक विद्यालयका कन्चन खतिवडा तेस्रो र कस्तुरी कलेज इटहरीकी सोनिका ढकाल शान्त्वना भएका थिए ।380636303_1038831170643361_5625524651052922147_n

प्रतियोगितामा प्रथम हुने विद्यार्थी नगद २० सहित प्रमाण पत्र ,दोस्रो हुनेलाई नगद १०हजार सहित प्रमाण पत्र , तेस्रो हुनेलाई नगद ५हजार सहित प्रमाण पत्र र शान्त्वना हुने विद्यार्थीलाई नगद ३हजार सहित प्रमाण पत्रले पुरस्कृत गरियो । शोभा कोइरालाको संयोजत्वमा भएको निवन्ध प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा रोटरी क्लव अफ इटहरीका अध्यक्ष माधव न्यौपाने , सचिव केशव भट्टराई , पुर्व अध्यक्षहरु विजुवैनी श्रेष्ठ , लक्ष्मि धिताल , अनिता अधिकारी र आगामी अध्यक्ष कृष्णराज श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।  380034513_314636924533412_8342881613356420798_n

  रोटरी क्लव अफ इटहरीले विभिन्न सामाजिक कार्यका साथै विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका कार्यक्रमहरु समेत समयसमयमा गर्दै आएको छ ।