इटहरी । डेगुं महामारी जारी रहेको समयमा विरामीहरुलाई आवश्यक पर्ने रगत कम नहोस भन्ने उद्धेश्यले सुनसरीको इटहरीमा आयोजित रक्तदान कार्यक्रममा ६३जनाले रक्तदान कार्यक्रम गरेका छन ।

  जीपी कोइराला अध्ययन केन्द्र सुनसरीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६३जना महिला पुरुषले रक्तदान गरेका हुन ।

डेगुंको महामारी जारी रहेको समयमा डेगुं लगायतका विरामहरुलाई समेत आवश्यक पर्ने रगत अभाव नहोस साथै दशै तिहार जस्ता चाडपर्वका समयमा रक्तदान कार्यक्रमहरु न्युन हुने गरेको तर्फ मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको आयोजक जीपी कोइराला अध्ययन केन्द्र सुनसरीका अध्यक्ष टंक दाहालले जानकारी दिए ।WhatsApp Image 2023-10-12 at 16.26.46

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य उमेश थापाको प्रमुख आतिथ्य रहेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।vlcsnap-2023-10-12-16h54m43s618

आयोजक संस्था अध्यक्ष टंक दाहालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाली काँग्रेस कोशी प्रदेश सदस्य सुर्य राई , नेपाली काँग्रेस सुनसरी उपसभापति नागेशचन्द्र राई ,नेपाली काँग्रेस इटहरी उपमहानगरपालिका उपसभापति कोविदजंग कार्की , नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष धु्रव ढकाल , नेपाल रेडक्रस सोसाइटी इटहरीका सचिव सञ्जीव ढुगाना लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रम सशस्त्र प्रहरी , उद्योगी व्यवसायी , स्थानीय लगायतले रक्तदान गरेका थिए । जीपी कोइराला अध्ययन केन्द्रले समयसमयमा वृक्षारोपण सरसफाई लगायतका सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।