इटहरी । जेष्ठ नागरिक नगर समन्वय समिति इटहरीको दोस्रो बार्षिक साधारण सभा एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।
समितिका अध्यक्ष पुण्यप्रसाद न्यौपानेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरीको प्रमुख आतिथ्यमा जेष्ठ नागरिक नगर समन्वय समिति इटहरीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
वार्षिक साधारण सभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष न्यौपानेले प्रस्तुत गरेका थिए भने सचिवको प्रतिवेदन सचिव गिरिराज दवाडी र कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष मुक्तीनाथ निरौलाले प्रस्तुत गरेको उपाध्यक्ष तुलाराम दंगालले जानकारी दिए । कार्यक्रममा इटहरी उपमहानगरपालिका सामाजिक विकास महाशाखाकी प्रमुख भोजकला दवाडी सहित जेष्ठनागरिकहरुको सहभागिता रहेको थियो ।




















