इटहरी । देशकै सर्वाेतकृष्ट सहकारी संस्थाका रुपमा पुरस्कृत भई सकेको सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो २२औं वार्षिक साधारण सभा इकाईगत रुपमा मनाइरहेको छ ।
किसान कल्याण सहकारीले ७ वटा इकाईमा कार्यक्रम गरी सहित नयाँ नेतृत्व चयन गर्दै २२औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
२२हजार सेयर सदस्य रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको २२औं बाषिक साधारण सभाले पुनः अध्यक्षमा शालिक राम ढकालको अध्यक्षतामा १५ सदसीय कार्य समिति चयन गरेको छ ।
साधारण सभाले कार्य समितिको उपाध्यक्षमा नगेन्द्रकुमार श्रेष्ठ , सचिवमा महेशकुमार रेग्मी , कोषाध्यक्षमा यादवप्रसाद सिग्देल र उपसचिवमा टेकवहादुर खतिवडालाई चयन गरेको हो । त्यसै गरी सदस्यहरुमा गिता देवी अधिकारी , कृष्णप्रसाद लम्साल ,संगिताकुमारी चौधरी , लालबहादुर लिम्बु लगायत रहेका छन ।
वार्षिक साधारण सभामा अध्यक्ष शालिकराम ढकालले अध्यक्षको प्रतिवेदन , लेखा समितिका कृष्णप्रसाद लम्सालले लेखा प्रतिवेदन र संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले संस्थाको आर्थिक वर्ष २०७९।०८०को आयव्यय सहितको बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिए । सहकारीका विषयमा जानकारी दिदै अध्यक्ष ढकालले २२हजार सेयर सदस्य पुगेको र १अर्ब २७करोड कुलपुँजी रहेको साथै ५६जना कर्मचारीहरुले सेवा दिदै आएको जानकारी गराए ।
उनले विभिन्न शिर्षकमा बचत संकलन गर्ने देखि लिएर विभिन्न १० शिर्षकमा ऋण लगानी गर्ने गरेको समेत जानकारी दिए ।
साधारणसभामा उत्कृष्ट कारोबार गर्ने चुडामणी लम्साल , विमला भुर्तेल लगायतका १०जना उत्कृष्ट कारोवार गर्नेहरुलाई सम्मान समेत गरियो । नयाँ कार्यसमिति चयनका लागि प्रेमप्रसाद पोखरेलको संयोजकत्वमा गंगाप्रसाद दाहाल र शम्भु श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति वनाइएको थियो ।




















