इटहरी । अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर सुनसरीको इटहरीमा प्रजनन स्वास्थ्य सम्वन्धी अनुशिक्षण कार्यक्रमको आयोजना गरियो ।
श्रमिक महिला साझा मञ्च नेपालको आयोजना तथा इटहरी उपमहानगरपालिकाको संयोजनमा बालिकाहरुलाई महिनावारी लगायतका विषयमा जानकारी गराउने उद्धेश्य सहितको एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
अनुशिक्षण कार्यक्रममा नेपाल परिवार नियोजन संघ इटहरीकी स्वास्थ्य अधिकृत रानु राउतले बालिकाहरुलाई महिनावारी लगायतका विषयमा सहजिकरण गरेकी थिइन ।
श्रमिक महिला साझा मञ्च नेपालकी अध्यक्ष मञ्जु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा ५० जना बालिकाहरुको सहभागिता रहेको श्रमिक महिला साझा मञ्चकी सामाजिक परिचालक संगिता राजवंशीले जानकारी दिइन । श्रमिक साझा मञ्च नेपालले महिला तथा बालबालिकाहरुका क्षेत्रका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।




















