इटहरी । पुर्व क्षेत्रमा रहेका उत्कृष्ट सहकारीहरु मध्येमा पर्ने सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो स्थापनाको २६औं स्थापना दिवसको मनाएको छ ।

   ७ करोड भन्दा वढी सेयर पुँजी रहेको महिला बचत तथा ऋण सहकारी संस्थाले आफनो स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको हो ।

सहकारीकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता तथा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिष्ट्रार हरिवहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इटहरीमा रहेर पत्रकारिताको क्षेत्रमा निरन्तर योगदान पुर्याएको भन्दै सञ्चारकर्मी सुप्रिया राईलाई सम्मान गरिएको छ । 

त्यस्तै सहकारीको स्थापना दिवसकै अवसरमा सहकारीसंग सम्वन्धीत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको हो । WhatsApp Image 2023-10-09 at 17.49.18

यसरी सम्मानीत हुनेहरुमा सहकारीकी उत्कृष्ट सञ्चालक मुना प्रसाई तिम्सिना , उत्कृष्ट पुर्व सञ्चालक धनकुमारी लिम्वु , उत्कृष्ट कर्मचारी दमन्ता गुरुगं लगायतका सेयर सदस्यका चिकित्सक र इन्जीनियर अध्ययनका लागि नाम निकाल्ने सन्तती लगायतलाई सम्मान गरिएको छ । 

  सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको महिला वचत तथा ऋण सहकारीका सुनसरी र मोरगंमा बचतकर्ताहरुको सुविधाका लागी  ६वटा शाखा विस्तार गरेर सेवा दिदै आएको र ७२करोडको कारोवार गरिरहेको अध्यक्ष अमृता सुब्बाले जानकारी दिइन । WhatsApp Image 2023-10-09 at 17.49.28

  उनले प्रविधिमा जोड दिदै सहकारीले मोवाइल वैकिगं , एटिएम कार्ड लगायतका सेवा समेत सञ्चालन गरिरहेको वताइन ।

 महिला बचत तथा ऋण सहकारीले २३ जनालाई रोजगारी समेत दिइरहेको सो अवसरमा जनाइयो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गंगाप्रसाद दाहाल, बचत तथा ऋण सहकारीका अध्यक्ष योगमाया सुवेदी,इटहरी उपमहानगर पालिकाकी उपमेयर संगिताकुमारी चौधरी लगायतको सहभागिता रहेको थियो । WhatsApp Image 2023-10-09 at 17.49.32