इटहरी । धार्मिक आस्थाका आधारमा समाजमा कुनै पनि किसीमको द्धन्द र विभेद हुनु हुदैन भन्नेमा  जोड दिदै सुनसरीको इटहरीमा धार्मिक तथा सामाजिक क्षेत्रमा शान्ति निर्माणका लागि अन्तरधार्मिक भेला आयोजना गरिएको छ ।

अन्तर धार्मिक शान्ति महासंघ नेपाल कोशी प्रदेशको आयोजनामा सबै धर्मको एउटै चाहना ,धार्मिक सद्भाव र शान्तिपुर्ण समाजको स्थापना भन्ने नाराका साथ अन्तर धार्मिक भेला गरिएको हो ।

   भेलामा सहभागी विभिन्न धर्मका धर्म गुरु तथा अगुवाहरुले मानव शान्तीको कामना गर्दैै आआफनो धर्म शास्त्र अनुसार प्रार्थना गरेर कार्यक्रमको सुरुवात गरियो । कार्यक्रममा अन्तर धार्मिक शान्ति महासंघ नेपाल कोशी प्रदेशका अध्यक्ष शम्भुप्रसाद अधिकारीको  अध्यक्षता तथा अन्तरधार्मिक शान्तिका अभियान्ता समेत रहेको लेटागं नगरपालिका प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यमा रहेको थियो ।WhatsApp Image 2023-10-08 at 18.45.41

  भेलालाई सम्वोधन गर्दै धर्मका नाममा धार्मिक तथा सामाजिक द्धन्द्ध गर्नु नहुने विषयलाई जोड दिदै आएको अन्तर धार्मिक शान्ति महासंघको अभियानले समाजमा शान्ति निर्माणमा महत्वपुर्ण योगदान पुर्याउदै आएको प्रमुख अतिथी लावतीले वताए । उनले अन्तर धार्मिक शान्ति महासंघ सम्म आइपुग्दाका अवस्थाहरुका विषयमा समेत चर्चा गरेका थिए भने लेटागंमा निर्माण भई रहेको अन्तरधार्मिक शान्ति पार्कका विषयमा समेत जानकारी गराए ।

कार्यक्रमका अध्यक्ष अन्तर धार्मिक शान्ति महासंघ कोशीका अध्यक्ष शम्भुप्रसाद अधिकारीले धर्मका नाम द्धन्दले वषौं देखि मिलेर बसेको समाजलाई भिजान गर्ने हुदाँ सबै धर्मालवम्बीहरु मिलेर बस्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न धर्मका धर्मगुरु तथा अगुवाहरुले आआफनो धर्म शास्त्रमा मानव सहित प्राणी जगतको शान्तिलाई प्राथमिकतामा राखेको भन्दै धर्मशास्त्रका सारहरु जानकारी गराएका थिए । कार्यक्रममा हिन्दु , बौद्ध , किराँत , इस्लाम , इशाई ,जैन लगायतका धर्मका धर्मगुरु तथा अगुवाहरुले आआफनो धारणा राखेका थिए ।

कार्यक्रममा अन्तर धार्मिक महासंघ केन्द्रीय अध्यक्ष रामभक्त कुरुवाङ्ग, धनपाल गाउँपालिका मोरगंकी उपाध्यक्ष नसिमा बानो ,जहदा गाउँपालिका मोरगंकी उपाध्यक्ष हन्ना शोरेन , लुथरन सामुदायिक कल्याण समाजका जोसेफ सोरेन ,सहभागी परिचालन केन्द्र दुहवीका अध्यक्ष जयनारायण यादव , सामुदायिक विकास मञ्च लेटागंका अध्यक्ष हिमान्सु राय लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।