इटहरी । रोटरी क्लवको क्षेत्र स्तरिय क्विज प्रतियोगिताबाट रोटरी क्लव अफ इटहरी र रोटरी क्लव अफ दमक छनौट भएको छ  ।

 क्षेत्र ४० र ४१ अन्तरगतका रोटरी क्लवहरुको सहभागितामा भएको प्रतियोगितामा क्षेत्र ४०मा रोटरी क्लव अफ इटहरी र ४१ मा रोटरी क्लव अफ दमक प्रमथ हुदै केन्द्रीय प्रतिस्पर्धाका लागि छनौट भएका हुन ।

 इटहरीको पिसजोन आवसिय माविमा भएको प्रतियोेगितामा क्षेत्र ४०मा तीन वटा र ४१मा ४वटा स्थानका रोटरी क्लवहरुको सहभागिता रहेको थियो । WhatsApp Image 2023-10-07 at 17.31.56

रोटरी क्लव अफ इटहरीका आगामी अध्यक्ष कृष्णदास श्रेष्ठको अध्यक्षतामा भएको रोटरी क्लवहरु विचको क्विज र विद्यालय तहका विद्यार्थीहरुको सहभागितामा निवन्ध लेखन प्रतियोगिता शोभा कोइरालाको सम्योजनमा आयोजना गरिएको थियो ।WhatsApp Image 2023-10-07 at 17.31.57 (1)

निवन्ध लेखन प्रतियोगितामा रोटरी क्लवका क्षेत्र ४० र ४१ अन्तगतका क्षेत्रका विद्यालयका ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रोटरी क्लव अफ इटहरीका पुर्व अध्यक्षहरु राजेश श्रेष्ठ , अनन्त विष्ट , विजु वैन श्रेष्ठ , अनिता अधिकारी , संयोग पराजुली लगायतको अतिथीहरुको पनि सहभागिता रहेको थियो ।