इटहरी । सुनसरीको इटहरीमा प्रथम कोशी प्रदेश नव देवी सम्मान सेलिब्रेटिङ कार्यक्रम सम्पन्न भएको छ ।

महिला विकास केन्द्र इटहरीको आयोजनामा विभिन्न ९ शिर्षकमा नव देवी सम्मान प्रदान गरिएको हो ।

 महिला विकास केन्द्रकी देविका भण्डारीको संयोजकत्वमा भएको सम्मान कार्यक्रममा २५ वर्ष भन्दा अगाडी देखि इटहरी तथा आसपासका मानिसहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको इटहरी मेडिकल सञ्चालिका झरना न्यौपाने र उनका पति बलबहादुर न्यौपानेलाई शक्ती अवार्डबाट सम्मानीत गरिएको छ । WhatsApp Image 2023-10-07 at 17.04.03

 त्यसै गरी विभिन्न संघसंस्थामा आवद्ध हुदै सकारात्मक परिवर्तनमा योगदान गरेको भन्दै नागरिक समाजकी अध्यक्ष बालिका खड्का भट्टराईलाई सरस्वती अवार्ड र गित संगितका क्षेत्रका सृजनात्मक योगदान पुर्याएको भन्दै सप्तकोशी टेलिभिजनकी कार्यक्रम प्रस्तोता समेत रहेकी गितकार तथा लोक दोहोरी गायिका गंगा गौतमलाई महामाया अवार्ड बाट सम्मान प्रदान गरियो । WhatsApp Image 2023-10-07 at 17.51.25

सामाजिक न्यायका क्षेत्रमा योगदान पुरयाएको भन्दै नजवुल खातुनलाई भगवती अवार्ड लगायतका विभिन्न बुदाका ९ वटा अवार्डहरु वितरण गरिएको छ  । सो अवसरमा सम्मानीत व्यक्तित्वहरुका योगदानमा समेटिएको दृष्य सामाग्री प्रस्तुत गरिएको थियो भने लोक दोहोरी गायिका गौतमले गित प्रस्तुत गरेकी थिन भने साँस्कृतिक कार्यक्रम समेत गरिुएको थियो । सम्मान कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो ।