कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज असोज २० गते विश्वासको मत लिने तयारीमा रहेको बताएका छन् । मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ९३० अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्र्कीले विश्वासको मत लिन लागेको बताएका छन् । उनले आफुलाई दलहरुले विश्वासको मत दिने विश्वास भएकोे बताए ।
कोशी प्रदेशका प्रतिपक्षी दल नेपाली काग्रेंसले कार्कीलाई विश्वासको मत नदिने निणर्य गरेको बताएको छ । कांग्रेसका प्रमुख सचेतकले यो सरकारलाई विश्वासको मत नदिने बताए उनले मिलेर जाउ भन्ने तर सहमत गरेर नजाने अदालत जाने जस्त निणर्यका कारण हामि विश्वासको मत दिन समर्थन छैनौ ।
यता निर्वाचनमा सहकार्य गर्दै र नेकपा एमाले सगं सत्ता साझेदार गर्दै आएको राप्रपाले पनि नेकपा एमालेले वहुमत पुर्याउने भएमा समर्थन गर्न सकिने बताएको छ । राप्रपाका कोशी प्रदेश संसदिय दलका नेता भक्तिप्रसाद सिटौललाले निर्वाचन देखि साझेदार गर्दै आएको र सरकार बनाउन पनि सहयोग गरेको भए पनि मध्यावदी तर्फ नलैजानको लागि बहुमत पु¥याउने लाई समर्थन गर्न सक्ने बताए ।
अहिलेसम्म राप्रपाले कार्कीलाई मत नदिने अडानमै छ। उसले जित्ने आधार देखाउन कार्कीलाई भनिरहेको छ। संघीय सरकारको गठबन्धनबाट अलग भइसकेको राप्रपा अहिले पनि सरकारमा जाने कि नजाने भन्ने दोसाँधमै छ।संघीय संरचना भएपनि अझै सबैतिर पार्टीको केन्द्रीय ‘ह्वीप’ नै चल्छ। राप्रपा अहिले ‘कोशीमा तीर हानेर, काठमाडौँ हल्लाउने’ दाउमा छ।
यसअघि प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्र्कीले ४६ मत पाएका थिए । यस पटक उपसभामुखले मत हालल् पनि नपाउने अवस्थामा एमालेसँग ३९ मत मात्रै छ । अब कार्र्कीले विश्वासको मत पाउनका लागि राप्रपाले सहयोग गरेको अवस्थामा पनि ४२ मत सुनिश्चित गर्नुपर्छ । त्यसका लागि गठबन्धन दल नेपाली काँग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा ९एकीकृत समाजवादीको ४ मत रहेका कुनै एक दललाई आफूतिर तान्नुपर्छ । जसपाको १ मत तानेर पनि उनले विश्वासको मत पुर्याउन सक्दैनन् ।




















