इटहरी । सुनसरीको इटहरीमा कर्पाेरेट क्रिकेट फेस्टिवल २०८० सुरु भएको छ ।

जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा रोटरी क्लव अफ इटहरी युगलको सह आयोजनामा कर्पाेरेट क्रिकेट फेस्टिवल सुरु भएको हो ।

 आयोजक जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीको अध्यक्षता तथा खेलकुद विकास वोड कोशी प्रदेशका सदस्य सचिव हर्षराज वाग्लेको प्रमुख आतिथ्यमा प्रतियोगिता उदघाटन कार्यक्रम भएको थियो । उदघाटन खेलमा कस्तुरी कलेज इटहरी र उद्योग वाणिज्य संघ इटहरी टिम विच भएको थियो ।WhatsApp Image 2023-10-06 at 18.00.54

छरिएर रहेका व्यवसायीहरुलाई एक आपसमा चिनजान र भाइचारा अभिवृद्धि गराउन,  खेलको माध्यमबाट होटल तथा पर्यटन व्यवसायलाई चलायमान गराउने उद्धेश्यले सञ्चालन गरिएको प्रतियोगितामा  १६ वटा टिमको सहभागिता रहेको छ भने खेल सुपर ६मा खेलाइए जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका महासचिव सफल पौडेलले जानकारी दिए ।WhatsApp Image 2023-10-06 at 18.00.58

प्रतियोगिताको प्रथम हुने टिमले २५हजार नगद सहित शिल्ड प्रमाण पत्र , दोस्रो हुने टिमलाई १५हजार नगद सहित शिल्ड प्रमाण हात पार्ने छन । प्रतियोगिता नेपाल डिभिएम स्कुलको खेल मौदानमा सुरु भएको हो ।