इटहरी । विपन्न परिवारका युवाहरुलाई दिगो तथा सम्मानित रोजगारीका लागि सिप मुलक तालिम प्रदान गर्ने उद्धेश्यले नरबहादुर कर्मचार्य बहुप्राविधिक विद्यालय इटहरीले युवाहरु छनोट गरेको छ ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोग होटल व्यवसायी महासंघ कोशी प्रदेश र उद्योग संठन मोरगंको सहकार्यमा सञ्चालन गरिने दुई बर्षे उद्योगिक प्रशिक्षार्थी तालिमका लागि ४० जना युवाहरु छनोट गरिएको हो ।
नरबहादुर कर्मचार्य वहुप्राविधिक विद्यालय इटहरीका अध्यक्ष निर्मल बरालको अध्यक्षतामा भएको छनोट कार्यक्रममा सहभागिताका लागि आएका युवाहरुलाई इन्स्योर नेपालका धनश्याम लिम्बुले सहजिकरण गरेका थिए ।
तालिम लिएका युवाहरुलाई व्यवस्थापन गर्ने विषय केन्द्रित होटल व्यवसायीहरुसंग छलफल समेत गरियो । कार्यक्रममा होटल व्यवसायी संघ इटहरीका सचिव आरोण कार्की , नरोत्तम खडका , नर बहादुर बहु प्राबिधिक शिक्षालयका कोषाध्यक्ष डा.खगेन्द्र ओली , पर्यटन व्यवसायी बासुदेव बराल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















