धनकुटा । सडक क्षेत्रमा हुने दुर्घटना न्युकिरणमा जोड दिदै धनकुटामा दुर्घटना भएको खण्डमा उद्धार तथा व्यवस्थापनको व्यवहारिक अभ्यास गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति धनकुटाको आयोजनामा सडक क्षेत्र दुर्घटना भएका उद्धार, उपचार तथा सम्पत्ती सुरक्षा लगायतका विषय केन्द्रित कृतिम अभ्यास गरिएको हो ।
नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी ,रेड्रक्रस सोसाईटी धनकुटा , जिल्ला स्वास्थ्य कार्यालय , जिल्ला अस्पताल धनकुटा लगायतको सहभागितामा दुर्घटना भएको अवस्थामा गरिने उद्धार, प्राथमिक उपचार थप उपचारका लागि रेफर , सम्पत्ती सुरक्षा लगायतका दुर्घटना न्युनिकरणका उपायहरुका समावेश गरिएको कृतिम अभ्यास गरियो ।
सो क्रममा दुर्घटना हुने विभिन्न कारणहरु भएपनि लापरवाहीका कारण पछिल्लो समयमा दुर्घटना वढी रहेको तर्फ पनि सचेतना जगाउने कार्य समेत गरियो । सोही अवसर पारेर धनकुटा बस पार्कमा यात्रु सहायत केन्द्रको समेत उदघाटन गरियो ।
सवारी दुर्घटनाको कृतिम अभ्यास कार्यक्रमको अध्यक्षता जिल्ला विपद व्यस्थापन समिति धनकुटाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा भएको थियो ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख कृष्णप्रसाद कोइराला , सशस्त्र प्रहरी वल ६ नम्बर गुल्मका प्रमुख सुदनप्रसाद भारती , नेपाल रेडक्रस सोसाइटी धनकुटाका अध्यक्ष छत्र श्रेष्ठ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















