विराटनगर, राष्ट्रिय प्रजातन्त्र पाटी कोशीप्रदेश संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले विगतको निर्वाचनमा सहकार्य गरेको र प्रदेशमा राजनैतिक स्थिरताका लागि बहुमत पुग्ने अवस्थामा विश्वासको मत दिन सकिने बताए ।
आइतबार राष्ट्रिय प्रजातन्त्र पार्र्टी मोरङको गतिविधि बारे जानकारी दिन विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले हिक्मत कुमार कार्र्की नेतृत्वको सरकारले बहुमत प्राप्त गर्ने अवस्थामा मात्रै वर्तमान कोशी प्रदेश सरकारलाई विश्वासको मत दिनसक्ने बताए ।
उनले कोशी प्रदेशका जनताहरुले मध्यावधि नचाहेको र प्रदेशमा राजनैतिक स्थिरताका लागि ठुला दलहरु मिल्नुपर्ने जिकिर समेत गरे । उनले ठुलादलहरु विचको सहमति हुनु पर्ने बताए । यदि कुनै पनि दलको वहुमत नपुगरेर मध्यावदीमा गए पनि आप्mनो दल तयार रहेको बताए ।
नेता सिटौलाले विपक्षी गठबन्धनले अहिले सम्म राप्रपा संग र्समर्थन माग्न र कुनै बार्ता गर्न समेत नआएको बताए । उनले आगमी दिनमा र निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि सहमति गरेर मात्र अव कोशीमा बन्ने सरकारलाई सहमति दिन सकिने बताए ।
राप्रपा कोशी प्रदेश संसदीय दलका नेता सिटौलाले जातिय सद्भाव र धार्मिक सहिष्णुता खल्बल्याउने प्रयासको आफुहरुले सधै विरोध गर्ने बताउदै कोशी प्रदेशका नामाकरण बारे प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्तिका कारण कोशी प्रदेशमा अस्थिरता उत्पन्न भएको र आन्दोलन भईरहेको गुनासो गरे । कोशी प्रदेश सभामा राप्रपाको ६ जना प्रदेश सांसदहरु रहेका छन ।




















