इटहरी । विरामीहरुका लागि आवश्यक पर्ने रगत सहज रुपमा उपलव्ध गराउन सकियोस भनेर सुनसरीको खनारमा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन ।

    भोजपुर समाजसेवा केन्द्र सुनसरी , स्वतन्त्र नागरिक समाज सुनसरी र नेपाल रेडक्रस सोसाइटी खनारको संयुक्त आयोजना रहेको रक्तदान कार्यक्रममा ३० जना महिला पुरुषले रक्तदान गरेका  हुन ।

   स्वतन्त्र नागरिक समाज सुनसरीका अध्यक्ष मोहन ढकालको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य रोहित बहादुर कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।WhatsApp Image 2023-09-30 at 16.56.55 (1) नेपाल रेडक्रस सोसाइटी रक्त संञ्चार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १२का वडाध्यक्ष भुवन राज पोखरेल , इन्खा एकीकृत अस्पतालका सञ्चालक डा. खगेन्द्र ओली लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।