इटहरी । नीजि तथा आवासिय विद्यालय अगनाइजेसन नेपाल –प्याब्सन सुनसरीको आयोजनामा जिल्ला स्तरीय क्विज प्रतियोगिता इटहरीमा सम्पन्न गरिएको छ ।
जिल्लाका सात वटा पालिका क्षेत्रका १७ विद्यालयका ५१ जना विद्यार्थीहरुको सहभागितामा प्रतियोगिता आयोजना गरिएको हो ।
प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जन तामागंको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका शिक्षा ,युवा तथा खेलकुद महाशाखाका प्रमुख फाल्गुणी काफ्लेको प्रमुख आतिथ्य रहेको कार्यक्रमको संयोजन प्याब्सन इटहरीको रहेको थियो । प्याब्सनले विभिन्न समयमा अतिरिक्त क्रियाकलापहरु गर्दै आएको छ ।
विद्यार्थीलाई सामान्य ज्ञान पनि शिकाउनु पर्छ भन्नका लागि क्विज कार्यक्रम आयोजना गरिएको प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जन तामागंले जानकारी दिए । उनले प्याब्सनमा आवद्ध स्कुलहरुलाई योग र ध्यानमा पनि लगाइ रहेको समेत वताए ।
कार्यक्रममा गत वर्षको प्रथम हुने इनरुवा नगरपालिका वडा नम्बर ५मा रहेको नवयुग एकेडेमीका प्रवन्ध निर्देशक खगेन्द्र पोखरेललाई शिल्ड प्रदान गरिएको थियो ।
कक्षा ८ देखि १० सम्मका विद्यार्थीको सहभागिता रहेको क्विज प्रतियोगिता अन्तरगत यस पटकको प्रतियोगितामा प्रथम लिटिल फ्लावर बोडिङ्ग स्कुल इटहरी द्धितिय द माटर बोडिङ्ग स्कुल इनरुवा, तृतिय जय सप्तकोसी बोडिङ्ग स्कुल प्रकासपुर र सान्तवनामा पशुपती बोडिङ्ग स्कुल इटहरी निम्न विद्यालयहरु सफल भएका छन ।
प्रथम ,द्धितिय र तृतिय हुने विद्यालयहरुलाई शिल्ड तथा प्रमाण पत्र वितरण प्राप्त गरेका थिए ।
कार्यक्रममा प्याब्सन कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष सुमित थापा , जिल्ला उपाध्यक्ष थानेश्वर ढकाल , प्याब्सन इटहरीका अध्यक्ष पुण्यप्रसाद सापकोटा लगायतका अतिथीहरु रहेका थिए ।
नीजि क्षेत्रबाट सञ्चालित विद्यालयहरुको संस्था प्याब्सन सुनसरीले समयसमयमा शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकलापका प्रतियोगितात्मक कार्यक्रम समेत आयोजना गर्दै आएको छ ।




















