मधेस प्रदेस । लापरवाही लगायत विभिन्न कारणले हुने गरेको सडक क्षेत्रको दुर्घटना नियन्त्रणमा जोड दिदै मधेस प्रदेसको विभिन्न स्थानमा सडक सुरक्षा सम्वन्धी अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ ।
सडक सुरक्षा , जीवन रक्षा भन्ने अभियान सञ्चालन गर्दै आएको ब्रह्मकुमारी राजयोग केन्द्र यातायात प्रभागको समन्वय र ब्रह्मकुमारी राजयोग सेवा केन्द्र राजविराजको आयोजनामा सडक क्षेत्रमा हुने दुर्घटना नियन्त्रणका विषयमा सरोकारवालाहरुको सहभागितामा अन्तरक्रिया गरिएको हो ।
सडक क्षेत्रको दुराबस्थाका कारण समेत सडक क्षेत्रमा दुर्घटनाहरु हुने गरेका छन भने लापरवाही तरिकाले सवारी चलाइने , पैदल यात्रीले जथाभावी बाटो काट्ने लगायतका ट्राफिक नियम पालना नगरिदा हुने दुर्घटनामा मानिसहरुले जीवन गुमाई रहेको तर्फ मध्यनजर गर्दै अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको ब्रह्मकुमारी राजयोग सेवा केन्द्र राजविराजकी प्रमुख भगवती दिदीले जानकारी दिइन । अन्तकृयामा बोल्दै मधेश प्रदेश सभा सदस्य सडक सुधार तथा दुर्घटना न्यूनिकरणको विषयमा प्रदेश सभामा आवाज उठाउने सतिश कुमार सिंहले बताए ।
पुर्वपश्चिम राजमार्ग को ५९ किलो मिटर सहित अन्य सडक खण्ड गरी सप्तरीमा दैनिक जसो साना ठुला दुर्घटना हुने गरेको र दुर्घटनामा मानिसहरुले ज्यान समेत गुमाउने गरेको भन्दै दुर्घटना न्युनिकरणमा सबैको चासो हुनु पर्ने कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए । कार्यक्रममा राजविराजका ट्राफिक प्रहरी प्रमुख टेक बहादुर बस्नेतले जीवन अमुल्य रहेको छ त्यसैले सवारी चलाउदा सचेत भएर चलाउनु पर्ने वताए । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र यातायात प्रभागका प्रमुख गुणराज भाईजीले मानवीय लापरवाही ,सड्कको अवस्था , गाडीको अवस्था , रातीको समय जस्ता कारणहरुले सड्क क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको भन्दै दुर्घटना नियन्त्रणमा जोड दिदै विरगंज,लाहान र जनकपुरमा पनी ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले सडक सुरक्षा जीवन रक्षा राष्ट्रिय अभियान गरेको जानकारी गराए ।




















