इटहरी । आज ४४औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै छ । सुनसरीको इटहरीमा पनि प्रभातफेरीको आयोजना गरि मनाइयो ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी, प्रिमियर होटल स्कुल सुनसरी , होटल तथा लज व्यवसायी समिति इटहरी र सि.वि. कलेज सुनसरीको संयुक्त आयोजनामा इटहरीमा प्रभातफेरीको आयोजना गरी विश्व पर्यटन दिवस मनाइएको हो ।
प्रिमियर होटलबाट सुरु भएको प्रभातफेरी इटहरीको मुख्य बजार क्षेत्र परिक्रमा गरी इटहरी उपमहानगरपालिका अगाडी पुगेर समापन गरियो ।
पर्यटक व्यवसाय विभिन्न कारणले मारमा परिरहेको समयमा मनाइएको पर्यटन दिवसले अबका दिनमा पर्यटन व्यवसायलाई मजवुद वनाउन संदेश फैलाउन कार्यक्रमको आयोजना गरिएको आयोजक जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले जानकारी दिए।
प्रभातफेरीमा कार्यक्रममा तालतलैया विकाश तथा संरक्षण समितीका अध्यक्ष लक्ष्मीप्रसाद खनाल, सिवि कलेजका प्राचार्य खेमराज बास्तोला, होटल तथा लज व्यवसायी समितिका महासचिव दिपक पोख्रेल लगायत प्रिमियर होटल स्कुल र सिवि कलेजका विद्यार्थी,प्रहरी होटल तथा पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।




















