इटहरी । होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भएको छ ।

  उद्योग वाणिज्य संघ इटहरीको सभा हलमा आयोजित साधारण सभाले आर्थिक , सांगठनिक तथा विधान संशोधन गर्ने निर्णय सहित समापन भएको हो ।

   नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष भिमबहादुर पौडेलको प्रमुख आतिथ्य तथा होटल व्यवसायी संघ इटहरीका कार्यवाहक अध्यक्ष जयप्रसाद उपाध्यायको अध्यक्षतामा साधारण सभा सुरु भएको थियो ।vlcsnap-2023-09-27-17h31m56s526 साधारण सभाको खुल्ला सत्रमा होटल व्यवसायी संघ इटहरीका स्थापक अध्यक्ष नारायण तामागंलाई सम्मान गरिएको थियो । त्यसै गरी संघ स्थापना देखि निरन्तर रुपमा सदस्यता नविकरण गराउदै आएका १३ होटलहरु सहित उत्कृष्ट काम गर्ने संघका उपाध्यक्ष कृष्ण निरौला , सचिव आरोहण कार्की ,सदस्यहरु विशाल प्रधान,एकराज श्रेष्ठ,शिवकुमार तामाङ,खेमराज राई,राजु श्रेष्ठ लगायतलाई सम्मान गरिएको छ । WhatsApp Image 2023-09-27 at 16.32.09

पत्रकारिताको क्षेत्र बाट समाज तथा सस्थालाई सहयोग र्पुयाएको भन्दै सप्तकोशी टेलिभिजनकी समाचार संम्योजक रञ्जना पौडेललाई सम्मान गरिएको छ । WhatsApp Image 2023-09-27 at 14.16.47

   होटल व्यवसायी संघ इटहरीका उपाध्यक्ष कृष्ण निरौलाको संयोजकत्वमा भएको कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली , उद्योग वाणिज्य संघ इटहरीका उपाध्यक्ष विष्णु नारायण डाँगी , रेडिमेट व्यवसायी संघ इटहरीका अध्यक्ष विनोद चोछे , इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की ,होटल व्यवसायी संघका पुर्व केन्द्रीय सदस्य मणिन्द्र कटुवाल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । WhatsApp Image 2023-09-27 at 12.26.14