धनकुटा,। राष्ट्रिय खाध्य बैकको धनकुटामा सम्पर्क केन्द्र सञ्चालन गर्ने विषयमा छलफल गरिएको छ ।
खाद्यान्नका क्षेत्रमा काम गर्ने राष्ट्रिय खाध्य बैकको धनकुटाका सम्पर्क केन्द्र सञ्चालन गर्ने विषयमा वैक तथा स्थानीय किसानहरुको सहभागितामा छलफल गरिएको हो ।
विक्रम संम्वत् २०७७ साल कार्तिकमा कम्पनि रजिष्टारको कार्यालयमा दर्ता गरेर उत्पादन भण्डारण बिक्रि वितरण सहित रैथाने बालिनालीको संरक्षण , अर्गानिक कृषि, वातावरणको संरक्षण र ईको सिस्टमलाइ बचाउदै कृषि मजदुरहरूको कामको सुनिश्चित गर्ने लगायतका कृषिसंग सम्वन्धीत क्षेत्रमा काम गर्ने गरी वैकको स्थापना गरिएको राष्ट्रिय खाध्य बैकका अध्यक्ष शंकरनाथ उप्रेतीले जानकारी गराए । 
बैकले जीडीपीमा योगदान पुग्नेगरी उत्पादनको काममा कृषक , कृषि सहकारी समुहहरू लगायत सबै उत्पादनमा लागेको ब्याक्ति तथा संस्थाहरूसँग सहकार्य गर्ने उत्पादनको भण्डारण ग्रेडिङ्ग प्रशोधन प्याकेजिङ्ग गरेर देखि लिएर विक्रि वितरण गर्ने कार्य राष्ट्रिय खाध्य बैक गर्दै आएको समेत सो अवसरमा जानकारी गराइयो । काठमाण्डौ केन्द्रिय कार्यालय रहेको उक्त बैकको हाल झापाको गौरादह, भोजपुर, पोखरा, गुलरिया लगायतका जिल्लाहरूमा शाखा विस्तार गरिसकेको छ भने धनकुटामा सम्र्पक केन्द्र खोल्ने विषयमा छलफल सुरु गरिएको हो ।
उक्त कार्यक्रममा बैकका सल्लाहकार पुष्पराम केड्डसिड्ड , रामशरण देउजा राष्ट्रिय खाध्य आयात निमित्त प्रमुख, हरिकृष्ण दाहाल स्थानीय किसान लगायतको सहभागिता रहकेो थियो ।




















