धनकुटा । संविधान दिवसका दिनबाट सडक सुरक्षा जीवन रक्षा राष्ट्रिय अभियान सुरु गरेको ब्रह्म कुमारी राजयोग सेवा केन्द्र नेपाल यातायात प्रभागको आयोजनामा धनकुटामा अभियान अन्तरगतको कार्यक्रम सम्पन्न गरिएको छ ।

     सडक क्षेत्रमा हुने दुर्घटनालाई मध्यनजर गर्दै सडक सुरक्षामा जोड दिदै यहि असोज ३ गते संविधान दिवसका दिन बारा जिल्लाबाट ब्रम्मकुमारी राजयोग सेवा केन्द्र नेपाल यातायात प्रभागले सुरु गरेको अभियान अन्तरगत धनकुटामा कार्यक्रम सम्पन्न गरिएको हो ।

     कार्यक्रमकी अध्यक्ष समेत रहेकी ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कोशी प्रदेश प्रमुख गिता दिदीले  सडक सुरक्षाका लागि सडकमा हिड्दा कसरी हिड्ने सवारी चलाउदा कसरी चलाउने भनेर चारै तर्फ ध्यान दिदा जीवन रक्षा हुने वताइन । उनले समग्र जीवन सुरक्षाका लागि समेत सडक सुरक्षा जस्तै गरेर गर्नु पर्नेमा जोड दिइन ।vlcsnap-2023-09-25-17h47m03s938

  सडक सुरक्षाका लागि ट्राफिक नियमको पालना गरौ जीवन रक्षा गरौं भनेर संविधान दिवसका दिन बारा जिल्लाबाट अभियान सुरु गरिएको र कोशी प्रदेशमा झापा, मोरगं ,सुनसरी , धनकुटा , तेह्थुम लगायतका जिल्लाहरुमा अभियान सञ्चालन गरिने ब्रह्म कुमारिज यातायात विभाग नेपालका राष्ट्रिय संयोजक  गुणराज लामिछानेले जानकारी दिए ।vlcsnap-2023-09-25-17h47m14s321

कोशी प्रदेश सभा सदस्य निरन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको मुख्यालयबाट आएका  मिडिया विभागका सदस्य रामस्वरूप मल, बिरगन्ज क्षेत्रकी प्रमुख सञ्चालिका रविना दिदि, विराटनगर केन्द्रका  विनोद अग्रवाल, ब्रह्म कुमारी राजयोग सेवा ईटहरीकी  प्रमुख शारदा दिदि, धनकुटा केन्द्रकी निर्मला दिदी लगातयतको उपस्थिति रहेको  थियो ।