इटहरी । मन , स्मरण शक्ति र ध्यानलाई केन्द्रित गरेर धनकुटामा रहेको बाल संसार माध्यमिक बोर्डिगं स्कुलका विद्यार्थीलाई  ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाले उत्प्रेरणा कार्यक्रमको आयोजना गरेको छ ।

  विद्यालयमा अध्ययनरत कक्षा ९ र १०का विद्यार्थीलाई लक्षित गरी उत्प्रेरणा कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा मन , स्मरण शक्ति र ध्यानका विषयमा ब्रह्माकुमार विनोद श्रेष्ठले सहजिरण गरेका थिए ।WhatsApp Image 2023-09-24 at 14.56.00 

उनले विद्यार्थीलाई अनुशासन , सुख, शान्ति र आनन्दको जीवन यापन गर्ने विधिहरुका विषयमा समेत प्रवचन दिएका थिए।    कार्यक्रममा विध्यालयका प्रधानाध्यापक दिनेश अधिकारी  विद्यार्थीलाई लागि योगाभ्यास सहितको प्रवचन  जिवनउपयोगी हुने वताए ।  

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाको आयोजनामा बाल संसार  माध्यमिक बोर्डिङ स्कुलमा मोटिभेसन क्लासको कार्यक्रम सम्पन्न भएकाे छ ।