विराटनगर । कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले पछिल्लो समय क्षयरोग उपेक्षितबन्दै गएकाले प्रतिकारात्मक र उपचारात्मक सेवालाई प्रभावकारी बनाउनु पर्ने बताएका छन् ।
हो, हामीक्षयरोगअन्त्य गर्र्छौ भन्ने नारा सहित शनिवार विराटनगरमा आयोजना गरिएको नेपाल क्षयरोग निवारण संस्था मोरङको ५३ औं जिल्ला सभा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले क्षयरोग निवारण गर्ने सरकारको लक्ष्य पूरा गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले क्षयरोगनिवारणलाई समाजसेवाका रुपमा सहयोग गर्ने कार्य जारी राख्नआग्रहगर्दै क्षयरोग पिडितहरुको उपचारका लागिआवश्यक अस्पताल बनाई दिने बताए ।
उनले जग्गा प्रदेश सरकारले उपलब्ध गराउननसक्ने भएकाले स्थानियतह या संघिय सरकारसंगको समन्वयमाउपलब्द गराउनु पर्ने बताए ।
सो जिल्ला सभामामोरङमाभईरहेको क्षयरोग उपचारका गतिविधिहरु बारे जानकारी गराइएको थियो । सन २०५० सम्ममाक्षयरोग प्रति १० लाख जनसंख्यामा एक भन्दाकम रोगीमाझार्ने सरकारले लिएको लक्ष्य पूरा गर्न आवश्यकपूर्वाधार र जनशक्तिकालागि सो जिल्ला सभामा छलफल गरिएको छ ।




















