विराटनगर । बहिराहरुले विराटनगरमा नेपाली सांकेतिक भाषालाई राष्ट्रिय मान्यता दिनुपर्ने माग गर्दै सचेतना ¥यालीको आयोजना गरेका छन् ।
शनिवार संसार जहाँ बहिरा नागरिकहरुले जहिले पनि संकेत गर्न सक्छन भन्ने नारा सहित मनाइएको छैंठौं अन्तर्रााट्र्रय सांकेतिक भाषा दिवसको उपलक्ष्यमा उनीहरुले विराटनगरको महेन्द्र चोकबाट सचेतना ¥याली निकालेका थिए । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरौला कार्कीले शुभारम्भ गर्नु भएको सचेतना ¥यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । 
कोशी बहिरा संघ र राष्ट्रिय बहिरा महासंघ कोशीप्रदेश समितिले आयोजना गरेका ¥याली पछि आयोजित कार्यक्रममा उपप्रमुख कार्कीले सांकेतिक भाषाको विकास र प्रवद्र्धनमा स्थानीय सरकारहरुले पनि सहयोग गर्नुपर्ने र यसबाट बहिरा मात्र होइन अन्य व्यक्तिहरुका लागि पनि माध्यम भाषा बन्ने बताइन ।




















