धनकुटा । भक्तजनहरूको सहजताका लागी  धनकुटा नगरपालिका वडा नम्वर १०मा शिवालय मन्दिर स्थापना गरिएको छ । 

मार्गाथान निर्माण चौधरी टोल उपभोक्ता समितिले नवनिर्मित मन्दिरमा शिवको मुर्ति स्थापना र मन्दिरको उद्घाटन गरेको छ ।

 धनकुटा नगरपालिका वडा नम्वर १० कोे आर्थिक बर्ष २०७९÷८० को विनियोजित चारलाख बजेट र स्थानीयको ४८ हजार गरि चारलाख ४८ हजारको लगानि र स्थानियको श्रमदानबाट नवनिर्मित उक्त मन्दिर उद्घघाटन गरिएको हो । 

धर्म र संस्कृतिको संरक्षणका साथै पुस्तान्तरणका लागि गाउँमै मन्दिर निर्माण गरिएको धनकुटा नगरपालिका वडा नम्वर १० का अध्यक्ष नगेन्द्र पाण्डेले बताए । 

२०७९ पुष ५ गते मन्दिर निर्माणका लागि सम्झौता भई ७९ माघ १५ गते निर्माण कार्र्य सम्पन्न भएको उक्त मन्दिरमा सिवजिको मुर्ति स्थापना गरिएको छ । 

गाउँमा मन्दिर नहुदा भक्तजनहरूलाइ पुजा आजा गर्न टाढा टाढा जानु पर्ने समस्याको अन्त्य भएको छ । 

घर नजिकै गाउँमै मन्दिर स्थापना गरि पुजा गर्न पाउदा स्थानियमा खुसि छाएको छ भने समयको बचत भएको स्थानीय भक्तजनहरु  बताउछन्  । 

धनकुटा नगरपालिका वडा नम्वर  १० ले आर्थिक बर्ष २०७९÷८० को चारलाख बजेट बाट मन्दिर निर्माण सम्पन्न गरेको उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर कार्कीले जानकारी दिए  ।