इटहरी । नक्कली नेपाली रुपैया पन्ध्र लाख सतासी हजार सहित इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएका दुई जनालाई सार्वजनिक गरेको छ ।
इटहरी बजार क्षेत्रमा नक्कली नेपाली रुपैयाको कारोबार हुने गरेको विशेष सुचनाको आधारमा निग्रानी वढाएको प्रहरीले संखुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ५का बिबेक राई र संखुवासभा जिल्लाकै मकालु नगरपालिका वडा नम्बर ६ का अजय राई पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय इटहरीले बिबेक राईलाई नियन्त्रणमा लिएर तलासी लिने क्रममा क्रममा अजय राईसंग रहेको खुलेपछि इटहरी उपमहानगरपालिका वडा नम्बर ३बाट प्रहरीले नियन्त्रणमा लिएका अजयलाई तलासी गर्दा पन्ध्र लाख सतासी हजार नक्कली नोट फेला परेको र प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमती लिएर थप हिरासतामा राखेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपीन रेग्मीले जानकारी दिए ।
प्रहरी नियन्त्रणमा रहेका राईद्धयबाट बरामद भएका एक हजार दरका नक्कली नोटहरुमा ज९५ ५३७१९७ नम्बर उल्लेख गरिएको तीन सय एक थान , झ७७ ४५५२५५नम्बरका ८४ झ२८ २५४५९०नम्बरका तीन सय एक थान , झ८३ २११३०६ नम्बरका दुई सय पाँच थान ,ञ१६ ५३८२९४ नम्बरका १सय ९७ थान , ञ ८४ ०१५०४४ नम्बरका ३सय २ थान र ट८३ ४३३८५९ नम्बरका १सय ९७ थान गरी कुल पन्ध्र लाख सतासी हजार नक्कली नोट सहित नोकिया कम्पनीको सादा १ थान र ओप्पो कम्पनीको १ थान मोवाइल समेत फेला परेको इलाका प्रहरी कार्यालय इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी गराइयो ।




















