धनकुटा । चाडपर्वको समयमा भक्तजनहरुको घइचो लाग्ने धनकुटाका निशान भगवती मन्दिर र दक्षिणकाली मन्दिर नेपाली सेनाको भीमदल गणले सरसफाई गरेको छ ।
चाडपर्वहरु नजिकी रहेको र चाडपर्वहरुमा भक्तजनहरुको घुइचो भएकाले त्यसैलाई मध्यनजर गर्दै भीमदल गणले निशान भगवती मन्दिर र दक्षिणकाली मन्दिरको सरसफाई र सौन्दर्यकरण गर्न थालेको हो ।
हिन्दुहरुका महानचार्ड दशै तिहार लगायतका चाडपर्वहरु नजिकी रहेको र चाडपर्वका समयमा अन्य समय भन्दा धेरै भक्तजनहरुको भिड लाग्ने निशान भगवती मन्दिर र दक्षिणकाली मन्दिरमा सरसफाई गरिएको छ ।
नेपाली सेनाले सैनिक नागर सम्वन्ध प्रगाढ वनाउन चाडपर्वमा भक्तजनहरुको भिड हुने तर्फ मध्यनजर गर्दै सरसफाई गर्न थालिएको भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले जानकारी दिए । नेपाली सेनाले मन्दिरलाई सरसफाई गरि मन्दिरको शौन्दर्यकरणमा जोड दिदै आएको छ ।




















