इटहरी । इटहरी क्षेत्रमा सरसफाई सहित विभिन्न सामाजिक कार्यमा सक्रिय रहेदै आएको वुल्स एलेभेन क्लवले संविधान दिवसको अवसर पारेर राष्ट्रिय माध्यमिक विद्यालय इटहरीमा लामखुट्टे नष्ट गर्न स्प्रे गरेको छ ।

    केही समय यता देखि डेगुं फैलिरहेको तर्फ मध्यनजर गर्दै विद्यालय विदा भएको समयमा पारेर वुल्स एलेभेनले इटहरी उपमहानगरपालिका वडा नम्बर २०मा रहेको राष्ट्रिय माविमा स्प्रे गरेको हो ।

  डेगुं संक्रमण नफैलियोस भनेर विद्यार्थी , शिक्षक , कर्मचारीहरुको स्वास्थय सुरक्षाका लागि विद्यालयमा स्प्रे गरिएको क्लवका उपाध्यक्ष रामु राईले जानकारी दिए । वुल्स एलेभेनले समय समयमा इटहरीका सार्वजनिक  क्षेत्रहरुमा सरसफाई गर्ने वातावरण संरक्षणमा जोड दिदै  राजमार्ग किरानाका साथै अन्य सार्वजनिक स्थानहरुमा वृक्षारोपण गर्ने लगायतका कामहरु गर्दै आएको छ ।