धनकुटा । विभिन्न कार्यक्रममा साथमा संविधान दिवस धनकुटा पनि प्रभातफेरी गरेर मनाईएको छ ।
जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्था , सुरक्षा कर्मी तथा कर्मचारी लगायतको सहभागितामा प्रभावफेरी गरिएको हो ।
धनकुटा ६ भिमनारायण चोकबाट सुरुभएको प्रभात फेरीले बजारका विभिन्न भाग परिक्रमा गरि वसपार्कमा पुगी शहिदका सालिकमा माल्र्यापण समेत गरियो ।
उक्त कार्यक्रममा उच्च अदालत विराटनगर धनकुटा इजालासका मुख्य न्यायधिस रामबहादुर थापा मगर, न्यायधिस फुर्वा तामाङ, पूर्वसांसद लिला सुब्बा, जिल्ला समन्वय प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी पुष्प बिक्रम पौडेल,भीमदल गण सल्लेरी ब्यारेक धनकुटाका गणपति ,जिल्ला स्थित राजनितिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधि,राष्ट्रसेवक कर्मचारी तथा स्थानीयको सहभागिता रहेको थियो ।




















