चतरा । गणेश चतुर्थिको पावन अवसरमा जगगत गुरु श्रीरामानन्दाचार्य सेवा पीठ श्रीराम तारकब्रह्म पीठ वराहक्षेत्र चतरा धाममा आयोजित भगवान श्रीगणेशको षोडषोपचार पुजा सहितको दिव्य कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा तारकब्रह्म पीठका पीठाधिश्रवर अनन्तश्री विभूषित जगद्गुरू श्रीरामानन्दचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबाले षोडषोपचार द्वारा भगवान श्रीगणेशको पुजा अर्चना गर्नुभएको थियो ।
उत्सवमा भगवानलाइ भोग लगाइएका ५६ भोगको दिव्य प्रसादको भम्डारा पनि उपस्थित श्रद्धालु भक्तजनहरूलाइ कृपा भएको थियो । साथै श्रीगणेशजी को महाआरती स्वयं श्रीराम तारकब्रह्म पीठाधिश्वर अनन्तश्री विभूषित जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबाको करकमलबाट भएको हो । 
क्रममा भगवान श्रीगणेश एवं जगद्गुरू महायोगी सिद्धबाबाको आशिर्वाद प्राप्ती हेतु पीठका पदाधिकारीहरू , स्वदेश एवं विदेशबाट साधक तथा भक्तजनहरू , विशिष्ठ , राजनितिक , सामाजिक , धार्मिक एवं वौद्धिक व्यक्तित्वहरूको उपस्थिती रहेको थियो साथै वराहक्षेत्र चतराबाट उल्लेखीय रूपमा स्थानिय श्रद्धालु भक्तजनहरू पनि उपस्थित भएका थिए । 




















