धनकुटा  । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा संमृद्धि युवा क्लव कागतेको आयोजना एवं धनकुटा नगरपालिका वडा नम्वर ३ को सहयोगमा कागतेमा हरितालिका तिज विशेष तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । 

हरितालिका तिजमा व्रत बसी भगवान शिवको पूजा, उपासना गरि तिज पर्व मनाईने गरिएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका सिवालय मन्दिरहरुमा भक्तजनको भिड यतिवेला भिड लाग्ने गरेको छ । 

दर खाएपछि औपचारिक रुपमा शुरु भएको तीज पर्व अन्र्तगत व्रत बसि भगवान शिवजीको पूजा आराधना गर्ने प्रचलन छ । 

भगवान शिवजीको पूजा आराधना गरे पारिवारिक सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वास पनि छ ।

ब्रत बसेका आमा दिदिबहिहरुलाई मनोरञ्जन गर्दै तिज पर्वलाई निरन्तरता दिनुका साथै जगेर्नाका लागि वडा नम्वर तीन कागतेमा प्रत्येक बर्ष सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । WhatsApp Image 2023-09-18 at 19.35.21 (2)

हरेक बर्ष झै यस बर्ष पनि वडा नम्वर ३ कागतेको आर्थिक सहयोगमा धनकुटा नगरपालिका स्थित सञ्चालनमा आएका भजन किर्तन टोलिले भजन गाएर सम्पुर्ण भक्तजनहरुले भजनमा नृत्य गर्दै आन्नद लिएर तिज पर्व मनाईएको छ । WhatsApp Image 2023-09-18 at 18.36.44

यस अवसरमा भक्तजनहरुलाई २० बर्ष उमेर सम्मका, २१ बर्षदेखि ५० बर्ष उमेर सम्मका र ५१ बर्ष देखि माथिका गरि तीन समुहमा विभाजन गरि कापि पेन, डायरी पेन र सारी पुरस्कार वितरण गरिएको छ भने कार्यक्रममा सहभागि भई कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न सहयोग पुर्याएको भन्दै निगाले लक्ष्मीनारायण भजन मण्डली, मार्गादेवि लक्ष्मीनारायण कृतन समुहलगायतलाई धन्यबाद स्वरुप प्रमाण पत्र र करुवा प्रदान गरिएको छ ।  vlcsnap-2023-09-19-12h06m50s438

धनकुटा नगरपालिका वडा नम्वर ३ कागतेका वडा अध्यक्ष विकास घिमिरेको प्रमुख आतिथ्यता एवं संमृद्धि क्लवका उपाध्यक्ष करुण गुरागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका अध्यक्ष सविन श्रेष्ठ, वडा नम्वर ३ आसपासका ब्रतालु भक्तजन, जेष्ठ नागरिक संघका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।