इटहरी । नेपाली हिन्दु महिलाहरुले मनाउने महान पर्व हरितारिका तिजको अवसर पारेर इटहरी लेडि जेसिजले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

  इटहरी लेडिज जेसिजले इटहरीको पश्चिम लाईनमा तिज सांस्कृतिक कार्यक्रम आयोजना गरेको  हो । इटहरी लेडि जेसिजले आयोजना गरेको तिज सांस्कृतिक कार्यक्रममा सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख अतिथ्यमा रहेको थियो ।  इटहरी लेडि जेसिजकी अध्यक्ष  सुमित्रा भट्टराईको अध्यक्षता तथा कार्यकारी उपाध्यक्ष रीता राउतको संयोजकत्व रहेको थियो । WhatsApp Image 2023-09-18 at 16.53.18कार्यक्रममा तिजको ब्रत बसे पनि महिलाहरुले उत्साहजनक रुपमा नाचगान गरेर रमाइलो गरेको महासचिव इन्दिरा काफ्लेले जानकारी दिइन ।

 तिजका अवसरमा विहानै देखि पुजा अर्चनाका लागि शिवालयहरुमा भक्तजनहरुको भिड लागेको देखिन्थ्यो । तिजका अवसरमा महिलाहरुले सांस्कृतिक कार्यक्रम गरी  इटहरीका अन्य स्थानहरु साथै इनरुवा , झुम्का लगायतका ठाउँहरुमा पनि मनाइयो । vlcsnap-2023-09-18-17h31m04s462  देवकालिन समयमा पार्वतीले महादेवलाई पति पाउ भन्दै कठोर वत्र वसेर महादेव बर पाएको विश्वासका साथ हिन्दु महिलाहरुले पतिको दिर्घायुको कामना गर्दै वत्र वस्ने परम्परा रहेको छ । त्यसै गरी अविवाहित युवतिहरुले सुयोग्य बर पाउ भन्ने कामना सहित वत्र वस्ने गरेका छन ।