इटहरी । कर्मका देवताका रुपमा पुजा गरिने विश्वर्कमा बाबाको जन्म दिनका रुपमा हरेक वर्ष झै यस वर्ष पनि बह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले हर्सोउल्लासका साथ मनाएको छ ।

    इटहरीमा रहेको बह्मकुमारी राजयोग सेवा केन्द्रमा आवद्धहरु तथा भक्तजनहरुका सवारी साधनहरुको पुजाअर्चना गरि विश्वर्कमा पुजा गरेको हो । सो अवसरमा केन्द्रमा आवद्ध तथा भक्तजनहरुका साना ठुला सवारीको पुजा गरेका थिए । बिश्वर्कमा बाबालाई कर्मका देवताका रुपमा पुजा गर्ने गरीएका कारण विश्वर्कमा पुजाका दिन फाम तथा औजारका क्षेत्रमा काम गर्नेहरुले विशेष पुजाअर्चना गर्ने गरेको बह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी सञ्चालिका बह्मकुमारी शारदा सिटौलाले वताइन ।WhatsApp Image 2023-09-18 at 17.22.19

  विश्वकर्मा पुजाको अवसर पारेर हरेक वर्ष जस्तै यस वर्ष पनि पुर्वका विभिन्न स्थानमा रहेका  विश्वकर्माबाबाका मन्दिरमा पूजाअर्चनाका लागि विहानै देखि सवारी साधन सहित भक्तजनहरुको भिड लागेको थियो ।  कोशी प्रदेशको मोरगंको विराट चोकमा रहेको विश्वकर्मा बाबाको मन्दिर र सुनसरीको धरानमा रहेको विश्वर्कमा बाबाको मन्दिरमा पुजाअर्चनाका लागि सवारी साधन सहित भक्तजनहरुको भिड लागेको देखिन्थ्यो । कर्मका देवताका रुपमा पुजा गरिने विश्वर्कमा बाबाको जन्म दिनका रुपमा हरेक वर्ष असोज १ गने विश्वकर्मा पुजा गरि मनाउने गरिन्छ ।WhatsApp Image 2023-09-18 at 16.53.20

   फलामसंग सम्वन्धीत कलकारखाना , सवारी साधन , मेशीनरी आदीका क्षेत्रका काम गर्नेहरुले विश्वकर्मा बाबाको पुजाअर्चना  गरी आगामी दिनमा अझ वढी सफलता मिलोस भनी आरधना गर्ने गर्दछन  ।  आजको दिन मेशीनरी ,सवारी साधन  , कलकारखाना आदिको पुजा गरीने भएको कारण सवारी साधान र उद्योग कलकारखान त्यत्ती धेरै सञ्जाल भएको  पाइदैनन । WhatsApp Image 2023-09-18 at 16.54.56फलामसंग सम्वन्धित काम गर्नेहरुले आजको दिन विश्वकर्मा बाबाको मुर्ति राखि पुजास्थल वनाउने र आजको दिन पुजा गरी भोली पल्ट नदी तथा तलाउमा लगेर मुर्ति सेलाउने प्रचलन समेत रहेको छ ।