इटहरी । हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तिजको अवसर पारेर इटहरी रहेको विश्व आर्दश एकेडेमी परिवारले ट्राफिक व्यवस्थापन कार्यमा खटिने महिला ट्राफिक प्रहरीहरुलाई सम्मान गरेको छ ।
विश्व आर्दश एकेडेमीले तिज विशेष तथा सम्मान कार्यक्रम आयोजना गरि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी अन्तरगत कार्यरत विभिन्न दर्जाका दश जना महिला ट्राफिक प्रहरीहरुलाई सम्मान गरेको हो ।
प्रत्येक वर्ष विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्ने महिलाहरु लाई सममान गदै आएकोमा यस वर्ष महिलाहरुको महान चार्ड हरितालिका तिजको अवसर पारेर राजमार्ग क्षेत्रमा खटिएर यातायात व्यवस्थापन गर्ने कार्यमा योगदान पुर्याउने महिलाहरुलाई कदर गर्दै सम्मान गरिएको विश्व आर्दश कलेजका प्रार्चाय गणेशकुमार दुलालले जानकारी दिए ।
त्यस्तै कार्यत्रमmकी प्रमुख अतिथी सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विश्व आर्दश एकेडेमी आप्mनो जिम्मेवारी पुरा गर्ने कार्यमा खटिने महिला प्रहरीहरुलाई सम्मान गर्ने कार्यकोे प्रशंषा गरिन ।
सम्मान कार्यक्रममा प्रहरी नायव निरीक्षक विनुमाया शिवाकोटी , प्रहरी वरिष्ठ हवल्दार गंगा भुजेल ,तुलसा खड्का ,प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराई,धनकुमारी बस्नेत,चन्द्रकला देवकोटा,प्रहरी जवान सविता बस्नेत,अन्जली धामी,बुनु दाहाल,गंगा दाहाल लाई सम्मान गरिएको छ । तिज विशेष कार्यक्रममा सांस्कृतिक कार्यक्रम सहित दर खाने कार्यक्रम समेत रहेको थियो ।




















