धनकुटा । निशान भगवती मन्दिर ब्यवस्थापन समिति तथा भीमदल गण परिवारको आयोजनामा सम्पन्न नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज विशेष कार्यक्रममा बरिष्ठ साहित्यकार झमक घिमिरेलाई समितिका संयोजक एवं भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा उहाँकी धर्मपत्नि मनिषा थापा लगायतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
शुभकामना आदान प्रदान, मातृशत्तिलाई सम्मान तथा विशेष तीज कार्यक्रमको अवसर पारेर उहाँलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार झमक घिमिरेले तीज विशेष कार्यक्रमलाई पत्र मार्फत सम्बोधन गर्नुहुदै तीज पर्वलाई आफन्त भेटघाट र रमाइलो गर्ने चाँडका रुपमा लिदै आत्मियता आदान प्रदान गर्ने काम हुनु पर्ने तर रमाईलोको नाममा थुप्रै विकृती भित्रिएको, आत्मियताको नाममा मंहगा गहना लुगा, प्रर्दशन गर्ने होडबाजी भित्रिनु नहुने बताउनु भयो । 
उहाँले नेपाली समाजको परम्परा भन्दै तीज भनेको प्रत्येक चेली र माइतीको सम्बन्धलाई जोड्ने पवित्र चाँड भएकाले आफ्ना दिदिबहिनी दाजुभाई घर परिवारसँग भेटघाट गर्ने माया ममता साट्ने चाँड भएको जानकारी गराउनु भयो ।
यति राम्रो चाँडलाई हामिले आधुनिकताका नाममा कस्तो वनायौं सबैले एकपटक सोच्न र रुप नविगार्न डाक्टर झमकले हुट्टाले लेखेको पत्रमा शुभकामना मन्तब्यमा सबैलाई आग्रह गर्नुभयो ।
उक्त मन्तब्य मन्दिर ब्यावस्थापन समितिका सचिव जनार्दन गोठाले घिमिरेद्वारा बाचन गरिएको थियो ।
१८ सय ३३ साल अगाडी देखिको मन्दिर परिसरमा नेपाल र नेपालीको एकता र लैङ्गिक स्वतन्त्रतालाई मजवुत बनाउने पर्व तीज नेपाली सेनाले सैनिक नागरिक सम्बन्धलाई प्रगाढ बनाउने उद्धेश्यका साथ यस तीज विशेष कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
नेपाली सेनाको ईष्टदेविका रुपमा रहेको निशान भगवती मन्दिरमा मातृशत्ति देविको आरधना पुजापाठ गरिदै आएको र हरेक काममा जानु अगाडी मातृशक्ति नारीको पुजा गर्दा सम्भव हुने हुदा कुनैपनि काम थालनी पुर्व देविको पुजा गर्ने गरिएको छ ।
मातृशक्ति देवि कै भरमा घर समाज चलेको, नारी विनाको समाज असम्भ भएकोले नारीको ठुलो महत्व रहेकोले नारीको सम्मान गर्नुपर्ने निशान भगवती मन्दिर ब्यावस्थापन समितिका संयोजक तथा भीमदल गण सल्लेरी ब्यारेक धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापाले बताउनु भयो ।
उक्त कार्यक्रममा धनकुटा नगरपालिका स्थित विभिन्न भजन किर्तन मण्डललीले भजन किर्तन प्रदर्शनीका साथै लोप हुदै गएको संगिनी नाँचलाई जगेर्ना गर्दै निरन्तरता कालागि धनकुटा नगरपालिका वडा नम्वर ३ मा सञ्चालित मार्गादेवि लक्ष्मिनारायण किर्तन मण्डलीका आमा दिदि बहिनिहरूले संगिनी नाचेर सबैलाई मनोरञ्जन गराउनु भएको थियो ।
स्थानीयबासि सबैले दर खादै रमाईलो गरेर तीज पर्वको शुभकामना आदान प्रदान गरिएको थियो ।
वि.सं २०३७ साल असार २१ गते धनकुटाको कचिँडेमा जन्मिएकी घिमिरे प्रतिभावान् नेपाली साहित्यकार हुन् ।
जन्मजात हात गोडा नचल्ने, उभिन, हिँड्न र बोल्न नसक्ने उहाँ सुन्न र बुझ्न सक्नुहुन्छ ।
२ खुट्टाको ३ औला चल्ने उहाँले तीनै औलाको सहायताले उपन्यास समेत लेख्ने गर्नुभएको छ ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, झमक घिमिरे प्रतिष्ठानका संस्थापक गोपाल गुरागाईँ, निशान मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरे लगायतले शुभकामना मन्तब्य राख्नुभयो ।




















