धनकुटा । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १४ औं बार्षिक साधारण सभा दमकमा मंगलबार सम्पन्न भएकाे छ ।
स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बुध्दी सागर बरालकाे अध्यक्षतामा सम्पन्न सभालाई सम्बाेधन गर्नुहुदै राष्ट्रिय सहकारी महासंघ नेपालका उपाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि रमेश प्रसाद पाेख्रेलले सहकारी सबैकाे साझा भएकाले सहकारीका सात सिद्न्त पालना गरि सहकारीकाे मुल्य र मान्यतालाई आत्मसाथ गरि अगाडि बढ्नु पर्ने बताउदै संस्थामा राजनिति गर्न नहुने बताउनु भयाे । 
झापाकाे दमक ६ मा केन्द्रिय कार्यालय रहेकाे स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाकाे १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेकाे हाे। आर्थिक बर्ष ७९/८० काे असार मसान्त सम्ममा १ अर्ब १९ कराेड बढिकाे काे काराेबार गरेकाे संस्थाले ६३ कराेड भन्दा बढि निक्षेप बचत संकलन गरेकाे छ । ११ कराेड ३२ लाख ८४ हजार शेयर संकलन भएकाे छ । 
१३ कराेड ६३ लाख ९८ हजार ७ सय बढिकाे काेष निर्माण भई ९८ कराेड भन्दा बढि ऋण लगानि गर्न सफल स्वर्णलक्ष्मि साकाेसले यस आर्थिक बर्षमा २ कराेड २५ लाख भन्दा बढी बाह्य ऋण भुक्तानी गरेकाे छ ।
स्वर्णलक्ष्मी साकोसकाे साधारण सभाकाे अवसर पारेर कर्मचारी प्राेत्साहन तथा पुरस्कारबाट उत्कृष्ट कर्मचारी, सहकारी संचारकर्मी सम्मान तथा पुरस्कारबाट सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाउने मन कुमार गदाल, उत्कृष्ट नम्वर ल्याउने बिध्यार्थी लगायतलाई नगद सहित सम्मान गरेकाे छ ।
२०६६ सालमा स्थापना भएकाे यस सहकारीले स्थापना कालदेखि नै रक्तदान, स्वास्थ्य सिविर, जेष्ठ सदस्य तीर्थाटन, बुहारी स्वागत कार्यक्रम, दीर्घराेग राहात कोर्स मार्फत आर्थिक सहयाेग, सदस्य सुत्केरी खर्च, सर्पदंश उपचार खर्च बापत नगद भुक्तानीलगायतका सुविधाहरू सदस्यहरूलाई प्रदान गर्दै आएकाेसहकारी संस्था लिमिटेडका अध्यक्ष बुध्दि सागर बरालले जानकारी दिनुभयाे ।
उक्त संस्थाकाे असार मसान्त सम्ममा ८ हजार ४९४ शेयर सदस्य रहेकाे प्रतिवेदनमा उल्लेख छ ।




















