धनकुटा । श्री नम्वर २ बाहिनी अड्डा हिले व्यारेक, धनकुटाकाे सि•सं• १० सैन्य आधारभुत तालिम अन्तिम दलेल कवाज धनकुटामा सम्पन्न भएकाे छ ।
सैन्य परेड ग्राउण्डमा जग्गा लिदै झण्डा टाेलिकाे आगमन पश्चात तालिम प्रमुख शिक्षकद्वारा झण्डा सलामी, कवाज निरिक्षण, सैन्य कवाज प्रदर्शन, विभिन्न विधाहरूमा उत्कृष्ट हुने सैन्यहरूलाई पुरस्कार वितरण, सैन्य शुशाेभन लगायतको कार्यक्रमको साथमा अन्तिम दलेल कवाज धनकुटामा सम्पन्न भएकाे हाे । महेन्द्र सैनिक शिविर, हिले व्यारेक धनकुटामा अवस्थित नम्वर २ बाहिनी अड्डामा २०७९ मंसिर १ गतेबाट शुरू भएकाे सि.सं. १० सैन्य आधार तालिम सम्पन्न भएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि नम्वर २ बािहनी अड्डाका बाहिनीपति सहायक रथी महेश कुमार थापाले उक्त अन्तिम दलेल कवाजलाई सम्वाेधन गर्नुहुदै नवनियुक्त सिपाहीहरूलाई लामाे अवधिकाे आधारभुत तालिम सफलता पुर्वक सम्पन्न गरेकाेमा बधाई दिदै नेपाली सेनाकाे विभिन्न युनिटहरूम रिक्त रहेकाे सिपाही दर्जामा नियुक्त भई राष्ट्र, संस्था र जनता प्रति समर्पित, बफादार, ईमान्दार, अनुशासित रूपमा नेपाली सेनाकाे मुल्य मान्यता र परम्परालाई अात्मसाथ गरी जस्ताेसुकै विषम् परिस्थितिमा समेत विचलित नभई सुम्पिएकाे जिम्मेबारी बहन गर्न सक्षम हुने विश्वासका साथ अागामि सैनिक जिवनमा सफलताकाे लागि शुभकामना दिनुभयाे ।
९४ जना सैन्य शिक्षार्थी सहभागि भएकाे उक्त तालिम राष्ट्रियता, राष्ट्रकाे सार्वभाैमसत्ता, भाैगाेलिक अखण्डता तथा सुरक्षा र राष्ट्रबासिकाे हक हित र अधिकारकाे संरक्षणकालागि प्रतिबद्द नेपाली सेनाकाे प्रमुख दायित्व तथा भविष्यमा अाईपर्ने जस्ताेसुकै चुनाैतिहरूलाई कुशलतापुर्वक सामना गर्न सक्ने दक्ष पेशेवर सिपाही तयार गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरेकाे नम्वर २ बाहिनी अड्डाका बाहिनि पति सहायक रथी महेश कुमार थापाले बताउनु भयाे ।उक्त कार्यक्रममा नाै महिने तालिममा सहभागि सैन्यहरूबाट अन्तिम दलेल कवाज प्रदर्शन, प्रमुख अतिथि बाहिनी पति सहायक रथी थापाले सि.सं. १० सैन्य आधारभुत तालिममा सर्वाेकृष्ट हुने सैन्य सन्चहाङ लिम्बुलाई श्रेष्ठताका प्रतिक स्वरूप खुकुरीद्वारा पुरस्कृत गर्नुभएकाे छ ।
यसैगरी तालिमकाे दाैरानमा अतिरिक्त क्रियाकलापमा सर्वाेकृष्ट हुने सैन्य बुद्दिमान लिम्बु, बाधापार तर्फ प्रथम हुने सैन्य सन्देश राई, व्युनेट फाईटिङ्ग विटि तर्फ प्रथम हुने सैन्य मिलन मंग्रान्ती, फायरिङ्ग तर्फ प्रथम हुने सैन्य सुर्य बहादुर अाले मगर, शारिरक सहिष्णुतातर्फ प्रथम हुने सैन्य दिपेश वस्नेत तथा ड्रिलतर्फ प्रथम हुने सैन्य मनाेज अाङ्ला लिम्बु पुरस्कृत हुनु भएकाे छ ।




















